कानुनमन्त्रीको एकै बोलीले जागिर गयो, राजिनामा दिंदै - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कानुनमन्त्रीको एकै बोलीले जागिर गयो, राजिनामा दिंदै



काठमाडौँ । आफ्नै बोलीमा लगाम नलगाई बोलेर आलोचित बनेका कानुन तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट मंगलबार दिउँसो राजीनामा दिने तयारी गरेका छन् ।

पार्टी भित्र माधव नेपाल निकट रहेका उनलाई राजीनामा दिन देशव्यापी रुपमा अत्यधिक दवाव परेपछि उनी राजिनामा दिन तयार भएका हुन् ।

केही दिन अघि उनले एक कार्यक्रममा बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने कुरा आफुले सुनेको भन्दै एक विद्यालयको कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएका थिए।

मन्त्री तामाङको अभिव्यक्ति गलत भएको र यसले बंगलादेशमा पढेका तथा पढिरहेका छात्राहरुको अस्मितामाथि धावा बोलेको भन्दै देशव्यापी रुपमा सडकदेखि सामाजिक सञ्जालसम्म उनको व्यापक आलोचना र विरोध भएको थियो।

सोमबार राति प्रधानमन्त्री केपी ओलीसहितको नेकपाको सचिवालय बैठकमा नेताहरुले उनलाई राजीनामा गराउनु पर्ने मत राखेपछि उनलाई आफ्ना कुरा राख्न लगाई राजीनामा घोषणा गर्ने समय दिइएको छ। यसै अनुसार तामाङले मंगलवार मन्त्रालयमा प्रेस कन्फरेन्स राखि राजीनामा घोषणा गर्दैछन।