ओलीलाई कांग्रेसको कडा चेतावनी ! - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

ओलीलाई कांग्रेसको कडा चेतावनी !



काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जथाभाबी नबोल्न चेतावनी दिएको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरंकुश हुन नदिन आफूहरुले सरकार विरोधि आन्दोलन सुरु गर्नु परेको स्पष्ट पारे।

सोमबार नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीलाई देश र जनताप्रति जवाफदेही हुन पनि सचेत गराए। वरिष्ठ नेता पौडेलले जनताको विरोधको आवाजमाथि जबर्जस्ती प्रतिबन्ध लगाउने कोशिष भइरहे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए।

डा गोविन्द केसीको माग सम्बोधन नगरेको, नागरिक अधिकार हनन् हुनेगरी कर बढाएको, काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोकेको, महंगी नियन्त्रण नगरेकाले सरकार विरुद्ध आन्दोलन गर्नुपरेको वरिष्ठ नेता पौडेलको भनाइ छ।

वरिष्ठ नेता पौडेलले सरकारलाई गलत बाटोमा जान नदिन पनि आफूहरुले खबरदारी गरिरहेको दावी गरे। लोकतन्त्रको बाटोमा अवरोध आउने काम सरकारबाट भए सैह्य नहुने पौडेलको चेतावनी थियो।