४ महिना रोजगारी नभए २ महिना बेराेजगार भत्ता तयारी ! - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

४ महिना रोजगारी नभए २ महिना बेराेजगार भत्ता तयारी !



काठमाडौं । सरकारले सम्पूर्ण बेरोजगारलाई न्यूनतम १२० दिनको रोजगारी दिने योजनाका साथ अगाडि बढेको छ।

वैदेशिक रोजगारीको अन्त्य गर्न भन्दै सरकारले यसै वर्षदेखि प्रधानमन्त्री रोगजार कार्यक्रममार्फत रोजगार दिन नसके ६० दिन बराबरको बेराजगार भत्ता उपलब्ध गराउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट जानकारी दिएका छन्।

सरकारले आगामी पाँच वर्षमा बाध्यताले कुनै पनि नेपाली वैदेशिक रोजगारीमा जान नपर्ने गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ प्रधानमन्त्री रोजार कार्यक्रम ल्याइएको उनको भनाइ छ।

मुलुकका ७५३ वटै स्थानीय तहमा एक साथ सञ्चालन गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रतिपरिवार एक सदस्यलाई सरकारले रोजगारको ग्यारेन्टी गर्ने बताइएको छ। रोजगार दिन नसकेमा ६० दिनको निर्वाह भत्ता उपलब्ध गराइने बताइएको नयाँ पत्रिका दैनिकमा खबर छ।