प्रचण्डलाई प्रश्न: लासको राजनीति तपाईले गरेको कि कांग्रेसले ? - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

प्रचण्डलाई प्रश्न: लासको राजनीति तपाईले गरेको कि कांग्रेसले ?



काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाईको खण्डण गर्दै प्रश्न सोधेका छन्।

आज सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले कांग्रेसलाई लासको राजनीतिसँग जोड्नुअघि आफ्नो पृष्ठभूमि सम्झनासमेत आग्रह गरे।

शर्माले भनेका छन्, ‘लासको राजनीति´ आरोप लगाउनु अघि आफ्नो ब्यक्तित्वको उचाई र पृष्ठभुमि हेक्का राख्नुपर्थ्यो कि कमरेड प्रचण्ड?’

प्रचण्डले आज कम्युनिस्ट नेता पुष्पलालको ४० औं स्मृति दिवसलाई सम्बोधन गर्दै कांग्रेसले डा गोविन्द केसीको विषय उठाएर लासको राजनीति गरेको आरोप लगाएका थिए। उनले केसीको पुच्छर समाएको कांग्रेस सकिने दाबी समेत गरेका थिए।

यसैको उत्तरमा प्रवक्ता शर्माले आफ्नै पार्टी सरकारमा रहेको बेला आएको अध्यादेश सम्झनसमेत प्रचण्डलाई आग्रह गरे। ‘डा केसीले अनशन नबसेर के बन्दुक उठाउनु पर्थ्यो कमरेड ? कांग्रेस माथिको प्रश्नमा केवल यति भनौं … माथेमा कार्यदल कसले बनायो ? कसले ल्यायो अध्यादेश?’