ओलीले सुशिला कार्कीलाई भने: बाम सरकारको बिरोध गर्ने ?
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको आलोचना गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवसमा बोल्दै प्रधानमन्त्री ओलीले देशकै सर्वोच्च निकायमा पुगेको व्यक्तिले निषेधाज्ञा तोड्न मिल्छ भन्दै प्रश्न गरे । उनले सुशिला कार्कीलाई सरकारको आलोचना नगर्न चेतावनी पनि दिएका छन् । उनले पूर्व प्रधानन्यायाधीश कार्कीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको बताए ।
त्यस्तै डाक्टर गोविन्द केसीले अनसन बसे पनि त्यसलाई कायम राख्न अन्य पक्षहरु लागेको बताए । प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवा ठप्प पारेर डाक्टरहरु आन्दोलनमा उत्रिनु गैरकानुनी भएको बताए ।