डा केसीको कामै अनसन बस्नु हो, उनि बसिरहन्छन : प्रचण्ड - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

डा केसीको कामै अनसन बस्नु हो, उनि बसिरहन्छन : प्रचण्ड



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा गोविन्द केसीको कामै अनसन बस्नु भएको टिप्पणी गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४०औं स्मृति दिवसमा राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले डा केसी अनसन बसेको पहिलो पटक नभएको भन्दै हलुका प्रतिक्रिया दिएका छन्।

उनले भने, ‘डा केसी अनसन बसिरहनु हुन्छ। यो नेपाली समाजले पचाइसकेको छ।’ यसैगरी प्रचण्डले डा केसीसँग वार्ता गर्न सरकार तयार रहेको पनि बताए।

उनले दुई तिहाइको सरकारलाई ‘कु व्याख्या’ गर्न थालिएको पनि बताएका छन्। उनले सरकार विरुद्ध विभिन्न बहानमा नियोजित चाल चलिएको आरोप लगाउँदै कांग्रेस एजेन्डाबिहीन भइसकेको बताए।

कांग्रेसप्रति आक्रोशित देखिएका प्रचण्डले भने, ‘अबको बाटो कांग्रेसका लागि छैन। कांग्रेस इतिहासको विषय बन्न धेरै समय बाँकी छैन।’