चितवनमा दुर्घटना: २३ घाइते - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

चितवनमा दुर्घटना: २३ घाइते



चितवन- भरतपुर महानगरपालिका–१ रामनगरमा गए राति दुईवटा यात्रु बस ठोक्किँदा २३ जना घाइते भएका छन्।

काठमाडौंबाट दाङ जान आउँदै गरेको ना५ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना५ख ५३११ नम्बरको बस राति ११ बजेर ५० मिनेटमा ठोक्किएका थिए। दुवै बसका २३ जना यात्रु घाइते भएका हुन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अन्यको अवस्था सामान्य छ। घाइतेमध्ये ११ जना भरतपुर अस्पतालमा र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। रासस

फाइल तस्विर