कम्युनिष्टहरु प्रजातन्त्रवादी हुँदै होइनन् : देउवा - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

कम्युनिष्टहरु प्रजातन्त्रवादी हुँदै होइनन् : देउवा



काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अधिनायकवादी सरकारको नेतृत्व गरेको कम्युनिष्टसँग लड्न तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं स्मृति दिवसको अवसरमा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अधिनायवादी कम्युनिष्ट शासन विरुद्ध लड्न तयार रहन निर्देशन दिनुभएको हो ।

उहाँले डाक्टर केसीका माग पूरा नगरेसम्म आन्दोलन नरोकिने चेतावनी पनि दिनुभयो । डाक्टर गोविन्द केसीका माग जाहेज रहेको भन्दै उहाँले चिकित्सा शिक्षा विधेयक हुबहु पास गराउनै पर्ने बताउनुभयो ।  डाक्टर केसीको माग जाहेज रहेको भन्दै उहाँको जीवन रक्षाका लागि निरन्त लडिरहेन बताउनुभयो । कम्युनिष्ट सरकारको अधिनायवादी शैलीको प्रतिकार गर्न सबैलाई एकजुट हुन पनि उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “प्रजातन्त्रका लागि हिजो पञ्चायतसंग लड्यौ, राणासंग लड्यौ, भोली कम्ष्युनिष्टसँग लड्न परे लड्छौ ।”

शान्तिपूर्ण विरोध गर्न पाउने जनताको अधिकार रोक्नका लागि काठमाडौंमा विभिन्न क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेर पहिलो पल्ट जनताको अधिकार कुण्ठित पार्ने काम गरेको भन्दै उहाँले एकदलीय तानाशाही सर्वसत्तावादी शासन विरुद्ध एकजुट हुन कार्यकर्तालाई निर्देशन दिनुभयो । प्रजातन्त्र विरोधी, मानव अधिकार विरोधी सरकारको निर्णयको कडा प्रतिकार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कम्युनिष्टहरुलाई विपिले पहिले नै चिनेको तर आफूहरुले अहिले मात्रै चिन्दै आएको भन्दै उहाँले जनता र प्रजातन्त्रको विरुद्धमा स्थापना गर्न खोजिएको एकदलीय सर्वसत्तावादी शासनको कडा प्रतिवाद गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “तथाकथित निषेधित क्षेत्र घोषणा गरेर जनताको अधिकार कुष्ठित गर्न खोजिरहेका छन् । आज उनीहरुले जुलुस गर्न दिँदैनन्, भोली बोल्न दिन्नन्, लेख्न दिन्नन्, सच्चा मानेमा कम्युनिष्टहरु प्रजातन्त्रवादी हुँदै होइनन् । ”