कानुनमन्त्रीलाई बर्खास्त गर्नुपर्छ - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

कानुनमन्त्रीलाई बर्खास्त गर्नुपर्छ



काठमाडौं । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेली र समग्र नेपाली महिलाको अस्मिता माथि नै ठेस पुग्ने गरि कानुन मन्त्री शेरबहादुर तामाङको अभिव्यक्ति अभद्र, अशिष्ट र आपत्तिजनक भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त अभिव्यक्तिको निन्दा एवं भत्सर्ना गरेको छ ।

राप्रपा सह प्रवक्ता एवं प्रचार विभाग विभाग मोहन श्रेष्ठले आइतवार एक विज्ञप्ती जारी गरि मन्त्री तामाङको गैरजिम्मेवार अभिव्यक्तिलाई ध्यान दिई अबिलम्ब मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी ओली संग माग पनि गरेको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।