अब हरेक घरमा राेजगारी नपाए सरकारले तलब दिने - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

अब हरेक घरमा राेजगारी नपाए सरकारले तलब दिने



काठमाडौं : सरकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत वार्षिक रुपमा प्रतिपरिवार कम्तिामा १ सय २० दिनको रोजगार सुनिश्चितता हुनेगरी आन्तरिक रोजगारीको प्रारम्भिक खाका तयार गरेको छ।

न्यूनतम ‘एक परिवार’ एक रोजगार’ नभए परिवारको एक जनालाई न्यूनतम १ सय २० बराबरको पारिश्रमिकको आधा रकम निर्वाह भत्ताका रुपमा प्रदान गर्ने गरी निर्वाह भत्ताका रुपमा प्रदान गर्ने गरी प्रारम्भिक खाका तयार गरिएका हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्तालयले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्यन कार्ययोजनाका लागि ७ वटा प्रदेशका सामाजिक सुरक्षामन्त्रीहरुसँग सुझाव लिन आइतबार आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको खबर काराेबार दैनिकमा छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्ती रोजगार कार्यक्रमको दायरा मुलकुभरका ७ सय ५३ स्थानीय तहमा प्रभावकारी रुपमा सञ्चालन गरिने बताए।