शिक्षामन्त्रीको कार्ययोजनाः गफै गफको पोका ! - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

शिक्षामन्त्रीको कार्ययोजनाः गफै गफको पोका !



काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफैंले घोषणा गर्नुभएको ३० बुँदे कार्यक्रम कार्यान्वयन योजनाको अधिकांश योजना पूरा भएको छैन ।

मन्त्रीको यो योजना पूरा हुनु त परै जाओस् केवल कुरा बढी र काम कम गर्नमै सीमित भएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

मन्त्री पदमा बहाली भएको करिब एक महिनापछि वैशाखदेखि असार महिनाभित्र गर्ने गरी जारी गर्नुभएको ३० बुँदे कार्ययोजना अधिकांश शुरु भएकै छैन, केही आंशिक शुरु भएको छ ।

३० बुँदे कार्ययोजनामध्ये झन्डै १५ वटा योजनाको प्रगति शून्य देखिएको छ ।