सुरु भो पाइपलाइनबाट घरघरमा ग्यास - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

सुरु भो पाइपलाइनबाट घरघरमा ग्यास



विराटनगर : घरघरका भन्सामा पाइपलाइन जडान गरेर ग्यास पुर्‍याउने काम विराटनगरमा सुरु भएको छ।

विराटनगर १४ मा रहेको श्रीकृष्ण गौ सेवा सदनमा ३२० घनमिटर क्षमताको बायो ग्यास उत्पादनको काम अन्तिम चरणमा पुगेपछि नेपालमा पाइपलाइनबाट भान्सामा ग्यास पुर्‍याउन थालिएको हो।

उर्जा मन्त्रालयअन्र्तगतको वैकल्पिक उर्जा प्रर्वछन केन्द्रले गौ सदनमा बायो ज्यास उत्पादनको काम थालेको डेढवर्षपछि यसको परीक्षण सुरु भएको छ।

विश्व बैङ्कको ८४ लाख रुपैयाको सहयोग र गौसदनको २० प्रतिशत लगानीमा बायो ग्यास उत्पादन थालिएको खबर गोरखापत्रमा खबर छ।

यसमा विराटनगर महानगरपालिकाले समेत पाँच लाख रुपैया उपलब्ध गराएको छ। तत्कालिन जिल्ला विकास समितिको जिम्मेवारीमा निर्माण थालिएको बायो ग्यास प्लान्टलाई अहिले जिल्ला समन्वय समितिले नियमन गरेको छ।