एमालेबाट निर्वाचित जनप्रतिनिधि गोदार सहित ७ जुवाडे पक्राउ - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

एमालेबाट निर्वाचित जनप्रतिनिधि गोदार सहित ७ जुवाडे पक्राउ



पाल्पा। तानसेन ४ खिल्खानटोलबाट वडा सदस्य सहित ७ जना जुवाडेलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको सय मिटरको दुरीबाटै नियन्त्रणमा लिएको छ।

जुवा खेलिरहेको विशेष सुराकीको आधारमा प्रहरी अधिकृतसहित खटिएको प्रहरी टोलीले छापा मार्दा सेन्चुरी हट रेष्टुरेन्टबाट जुवाडेलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

जुवाको खालबाट एक लाख प्रन्ध हजार छ सय पन्चानब्बे रुपैयाँ नगद बरामद भएको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए।

प्रहरीका अनुसार जुवाको खालबाट तानसेन नगरपालिका ११ का वडा सदस्य चुरा बहादुर गोदार,  तानसेन ४ का कृष्ण थापा, सोही स्थानका गणेश कुवर, तानसेन ३ का सुशील कुवँर, तानसेन २ का टेकनाथ न्यौपाने, तानसेन ४ का प्रकाश कार्की र रिब्दीकोट गाउँपालिका ६ का शिव जिसी पक्राउ परेका हुन् ।

जुवाडेहरुलाई अहिले प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।जुवाडेलाई नियन्त्रणमा लिएको स्थान जिल्ला प्रहरी कार्यालय पाल्पाको सय मिटरको दुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पक्राउ परेकाहरुलाई तत्काल छुटाउन नेकपाका स्थानिय नेताहरुले केन्द्रीय नेताहरुलाई आग्रह गरेका छन्। प्रहरीले भने जुवाडे छुटाउन कुनै नेताको दवाव अहिलेसम्म नआएको बताएको छ।

प्रहरीले शुक्रवार उनीहरु विरुद्धको मुद्धा दर्ता हुने जनाएको छ।