घुस खाएको रकम फिर्ता हुन थालेपछि.. - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

घुस खाएको रकम फिर्ता हुन थालेपछि..



डडेल्धुरा – मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयनमा भइरहेको मुक्त हलिया पुनःस्थापना कार्यक्रममा भएको अर्थिक अनियमितता प्रकरणको अनुसारन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।

मुक्त हलिया पुनःस्थापना कार्याक्रमका लाभान्वित व्यक्तिहरुले जग्गा खरिद, घर मर्मत र घर निर्माणका लागि प्राप्त अनुदान रकममा घुस मागेको भन्दै मालपोत कार्यालय डडेल्धराका कर्मचारी, राष्ट्रिय हलिया मुक्ति समाज महासंघ आबद्ध व्यक्तिहरुका नाममा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन थालेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रारम्भिक छानबिन गरी थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन् ।

उनले जिल्ला प्रशासन कार्यालयमा प्राप्त लिखित तथा मौखिक उजुरीका आधारमा खुस लिएका व्यक्तिहरुसँग ठाडो बयान लिएर कारबाहीका लागि अख्तियारमा पठाएको बताए । मुक्त हलियाबाट विभिन्न बहानामा २० हजार देखि ५० हजार घुस लिएको उजुरीमा उल्लेख छ ।

अख्तियारले छानबिन सुरु गरेलगत्तै मुक्त हलियाबाट घुस लिएका व्यक्तिहरुले घमाधन घुस लिएको रकम फिर्ता गरिरहेको र रकम पाइसकेपछि उजुरीकर्ताहरु उजुरी फिर्तालिन जिल्ला प्रशासन कार्यलयमा धाउन थालेकाछन् ।

‘मुक्त हलियाका नाममा प्राप्त रकममा कमिसन लिएको पकरणमा निकै नाटक भइरहेको छ’ प्रमुख जिल्ला अधिकारी जोशीले भने ‘घुस खाएको भन्दै किटानी उजुरी गरेका व्यक्तिहरु उजुरी फिर्ता लिन आग्रह गदै पुन निवेदन दिन थालेका छन्।’