नेपाली जनसम्पर्क समिति पोर्चुगलको महामन्त्रीमा जय सापकोटाको घोषणा

नेपाली जनसम्पर्क समिति पोर्चुगलको २१ जुलाई २०१८ मा हुन गइरहेको आसन्न ५औ अधिवेशनमा जय सापकोटाले महामन्त्रीको पदमा घोषणा गरेका छन्। नेपालको गैँडाकोट घर भई पोर्चुगललाई कर्मथलो बनाएका जयले नेविसंघबाट आफ्नो बिधार्थी राजनीतिक सुरु गरेका थिएका हुन। त्रिचन्द्र कलेज काठमान्डौबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका सापकोटाले २०११मा बेलायतको Leeds Trinity University बाट समेत व्यवस्थापन सङ्कायबाट स्नातकोत्तरको उच्च शिक्षा हासिल गरेका छन्।
कांग्रेसीको पारिवारिक वातावरणमा जन्मेका जय सापकोटा २०५२- २०५८ सम्म नवलपुर जिल्लामा मज़दूरसंगठनमा आबद्ध रहेर कामसँगै अध्ययनलाई पनि निरन्तर अघि बढाएका सापकोटाले लोकतान्त्रिक आन्दोलन २०६२/०६३मा पनि उत्तिकै ठुलो योगदान दिएका थिए।
प्रवासमा जनसम्पर्क समिति, एनआरएन र विभिन्न सामाजिक संघसस्थाहरूमा आबद्ध रहेका सापकोटाको धेरै ठुलो र लामो अनुभव सञ्चित भएको छ। त्यसैले जय सापकोटाले पोर्चुगलमा रहने नेपाली जनसम्पर्क समिति पोर्चुगलका अग्रज तथा साथीभाइ एवम् शुभेक्ष्यकहरुको सुझाव सल्लाह अनुसार २१ जुलाईमा नेपाली जनसम्पर्क समिति पोर्चुगलको अधिवेशनमा महामन्त्रीको पदमा घोषणा गरेका छन्।
हाल नवलपरासी समाज पोर्चुगलको अध्यक्ष समेत रहेका सापकोटा समाजसेवीको साथमा नेपाली कला,संस्कृति,साहित्य,लेखन तथा गीत सङ्गीतमा पनि धेरै रुचि राख्दछन्। सधैँ नेपालको राजनीतिक चिन्तन र आर्थिक समृद्धि तथा पर्यटन विकासको बारेमा बहस, छलफल गर्न अभुरुची राख्ने सापकोटा नेपाली जनसम्पर्क समितिको पोर्चुगलको महामन्त्री पदका लागी योग्य,क्षमतावान कार्यकुशलता भएका अति उपयुक्त व्यक्तित्व भएकोले २१ जुलाईमा हुने अधिवेशनमा आफू महामन्त्रीमा निर्वाचित हुनेमा निसंदेह रहेको बताउछन।

