नेविसंघको आन्दोलनमाथि सरकारको चरम दमन - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

नेविसंघको आन्दोलनमाथि सरकारको चरम दमन



डा. गोविन्द केसीको आन्दोलन र महँगी लगायतका सरकारका पछिल्ला कदम विरुद्ध नेविसंघले गरेको आन्दोलमा प्रहरीले दमन गरेको छ । नेविसंघका नेतासहितको समूह बिरोधकालागी माइतीघरबाट बानेश्वर जाँदै गरेको अवस्थामा प्रहरीले उनीहरूमाथि लाठीचार्ज गरेको हो ।

प्रहरीको लाठी चार्जबाट नेविसंघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्षहरू पुष्पकुमार शाही, निलकण्ठ रिजाल, महामन्त्री आनन्द त्रिपाठी लगायतका १५ जना नेता कार्यकर्ता घाइते भएका छन्।

प्रहरीको आक्रमणपछि बोल्दै नेविसंघ अध्यक्ष महरले सरकारले आन्दोलनकालागि नेविसंघलाई उत्तेजित बनाएको बताएका छन् । यसै विरोधमा नेविसंघले देशैभर प्रदर्शन गर्ने
घोषणा पनि गरेको छ ।