मेडिकल काण्ड: दोषी उम्काउन सरकारले नै प्रतिवेदन लुकायो - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

मेडिकल काण्ड: दोषी उम्काउन सरकारले नै प्रतिवेदन लुकायो



१७ दिनदेखि अनशनरत डा.गोविन्द केसीले विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले दोषी ठहर गरेका व्यक्तिमाथि कारबाहीको मागसमेत प्रमुख रूपमा उठाइरहेका छन्।

हाल सञ्चालनमा रहेका मेडिकल कलेजका सिट निर्धारणदेखि नयाँ सम्बन्धनमा दोषी देखिएका ४३ भन्दा बढी व्यक्तिलाई कारवाहीको सिफारिससहितको १७३ पृष्ठ लामो जाँझबुझ आयोगको प्रतिवेदन सरकारले गुपचुप राखेको छ।

तिपय सांसदले सञ्चालनमा रहेका मेडिकल कलेजले मनपरी गरेको भन्दै संसदमा छानबिनको माग उठाए पनि यति महŒवपूर्ण प्रतिवेदन सार्वजनिकसमेत गरिएको छैन।

कार्की संयोजकत्वमा ०७४ वैशाख ४ गठन भएको समितिमा स्वर्गीय डा।उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयका सहसचिव सूर्य गौतम सदस्य सचिव थिए। समितिको प्रतिवेदन पाँच महिनादेखि शिक्षा मन्त्रालयमा गुपचुप छ।, आजकोनागरिकदैनिकमा यो खबर छ ।