भारतका लागि नयाँ राजदुतमा निलकण्ठ उप्रेतीको नाम सिफारिश
काठमाडौं। सरकारले मित्रराष्ट्र भारतका लागि नयाँ राजदुतमा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको नाम सिफारिश गरेको छ ।
सोमबार सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठक लगत्तै परराष्ट्र मन्त्रालयमा एक पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री प्रदिप ज्ञवालीले सरकारको उक्त निर्णय सुनाएका हुन् ।