विश्वकप २०१८: के के भयो, जान्नै पर्ने तथ्यहरु - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

विश्वकप २०१८: के के भयो, जान्नै पर्ने तथ्यहरु



काठमाडौं–  २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता आइतबार सकिएको छ। आइतबार भएको फाइनल भिडन्तमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै दोस्रोपटक उपाधि जित्यो।

रसियाका विभिन्न ११ शहरका १२ वटा रंगशालामा ६४ वटा खेल संचालन भएका थिए। एक महिना चलेको प्रतियोगितामा ३२ टिमका कुल ७ सय ३६ खेलाडी रसिया पुगेका थिए।

खेलमा ६३ खेलमा गोल हुँदा समूह चरणमा फ्रान्स र डेनमार्क बीचको खेल मात्र गोलरहित बराबरीमा सकिएको थियो। गोलका हिसाबले एक खेलमा २ भन्दा बढी गोल भएको छ। जहाँ १ सय १० जना खेलाडीले गोल गरे भने सहभागी सबै ३२ वटै टिमले गोल गर्न सफल भए।

समग्रमा थाहा पाउनुहोस् पहिलो चरणको तथ्य :
जम्मा गोल – १६९
औसत प्रतिखेल गोल– २.६
पहेँलो कार्ड – २१९
औसत प्रतिखेल पहेँलो कार्ड – ३.५
रातो कार्ड – ४
औसत प्रतिखेल रातो कार्ड –०.०६
जम्मा पास – ४९६५१
‌औसत प्रतिखेल पास – ७७५.८

आत्मघाती गोल– १२ गोल

पेनाल्टीमा गोल – २२ पटक

सर्वाधिक गोलकर्ता 
ह्यारी केन (इंग्ल्यान्ड) – ६ गोल
रोमेलु लुकाकु (बेल्जियम) – ४ गोल
एन्टोनी ग्रिजम्यान (फ्रान्स)–  ४ गोल
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – ४ गोल
चेरिसोभ (रसिया) – ४ गोल
केलियन एपबाप्पे (फ्रान्स) – ४ गोल

उत्कृष्ट खेल्ने टिमहरु 
बढी गोल गर्ने टिम – बेल्जियम – १६ गोल
बढी आक्रमण गर्ने टिम – क्रोएसिया – ३५२ आक्रमण
बढी पास खेल्ने टिम – इंग्ल्यान्ड – ३३३६ पास
राम्रो रक्षापंक्ति भएको टिम – क्रोएसिया – ३०१ सेभ, ट्याकल र क्लियरेन्स

उत्कृष्ट खेल्ने खेलाडी
बढी प्रहार गर्ने खेलाडी – नेइमार (ब्राजिल) – २७ प्रहार
बढी क्षेत्र हिड्ने खेलाडी – इभान पेरसिक (क्रोएसिया) – ७२ किलोमिटर
बढी पास खेल्ने खेलाडी – सर्जियो रामोस (स्पेन) –  ४८५ पास
बढी प्रहार विफल पर्ने खेलाडी – थिबाउट कोउटोइस (बेल्जियमका गोलकिपर) – २७ सेभ

रेकर्ड बनेका खेल 
बढी गोल भएको खेल – बेल्जियम भर्सेस ट्युनिसिया– ७ गोल
गोलका लागि बढी प्रहार भएको खेल – बेल्जियम भर्सेस ट्युनिसिया – ३१ प्रहार
बढी कार्ड देखाइएको खेल – बेल्जियम भर्सेस पानामा– ८ कार्ड
बढी पास खेलिएको खेल– स्पेन भर्सेस रसिया– १२३५ पास

बढी गोल खाने टिम – पानामा – ११ गोल