पेलेकै ६० वर्ष पुरानो उपाधि एमबाप्पेलाई - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

पेलेकै ६० वर्ष पुरानो उपाधि एमबाप्पेलाई



मस्को- फ्रान्सका केइलिन एमबाप्पे विश्वकप फुटबलको फाइनलमा गोल गर्ने केवल दोस्रो किशोर खेलाडी बनेका छन्।

आइतबार राती फ्रान्सले क्रोएसियालाई ४-२ गोलले हराउँदा १९ वर्षीय एमबाप्पेले पनि गोल गरेका थिए। यसअघि सन् १९५८ को विश्वकपको फाइनलमा ब्राजिलका पेलेले किशोर उमेरमै गोल गरेका थिए। त्यतिबेला ब्राजिल पनि विश्व विजेता बनेको थियो।

एमबाप्पे विश्वकपको फाइनलमा खेल्ने केवल तेस्रो किशोर खेलाडी हुन्। पेलेपछि इटालीका जिउसेप्पी बर्गिनीले पनि यो सफलता हात पारेका थिए। बर्गिनीले सन् १९८२ को विश्वकप फाइनल खेल्दा इटाली पनि विजेता बनेको थियो। तर त्यस खेलमा बर्गिनीले गोल गर्न सकेका थिएनन्।

१९ वर्षीय एमबाप्पेले यस विश्वकपमा चार गोल गरे। उनले प्रिक्वाटरफाइनलमा अर्जेन्टिनाविरुद्ध दुई गोल गरेका थिए।