नेकपाका नेतासहित २० जना कांग्रेसमा प्रवेश - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

नेकपाका नेतासहित २० जना कांग्रेसमा प्रवेश



हेटौंडा- राक्सीराङ गाउँपालिका ४ मा आइतबार २० जना नेकपा पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा राक्सीराङ गाउँपालिका ४ बाट ३० औं वर्ष एमाले र माओवादीमा बसेर काम गरेका २० जनाको समूह काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेकपा परित्याग गरी गोपिन भ्लोन, हिरालाल भ्लोन, कविराज बल, जितबहादुर भ्लोन, बीरबहादुर भ्लोन, रामेश्वर मुक्तान, सुनिल बल, जयबहादुर भ्लोन, नवराज बल, देविलाल बल, कविराज भ्लोन, विरबहादुर लामालगायत २० जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । ने

पाली काँग्रेसमा प्रवेश गरेकाहरुलाई पार्टी जिल्ला सचिव बुद्ध लामा,, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु राजिव सुवेदी, रामकृष्ण प्रजा, ईश्वर रुम्बा, जिल्ला सदस्य एवं राक्सीराङ गाउँपालिका प्रमूख राजकुमार मल्ल, जिल्ला सल्लाहकार दामोदर सुवेदी, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, हेटौंडा उपमहानगरपालिका नगर सभापति आनन्दराम पराजुली, राक्सीराङ गाउँपालिका उपप्रमूख निर्मला हिमडुङ, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडालगायतले अविर तथा खाँदा लगाईदिएर पार्टीमा स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा जिल्लास्थित काँग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।