लुका मोड्रिक सर्वोत्कृष्ट, ४ अवार्ड कसले जिते? - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

लुका मोड्रिक सर्वोत्कृष्ट, ४ अवार्ड कसले जिते?



काठमाडौं– क्रोएसियाका कप्तान लुका मोड्रिक २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

फिफा गोल्डेन बलको ट्रफी उचालेपनि मोड्रिकको विश्वकपको ट्रफी उचाल्ने सपना भने पूरा हुन सकेन। आइतबार भएको फाइनलमा क्रोएसियालाई फ्रान्सले ४-२ गोलले पराजित गरेपछि मिडफिल्डर मोड्रिकको सपना पूरा नभएको हो।

गत संस्करणमा लिओनल मेसीले गोल्डेन बल जितेका थिए। यद्पयी मेसीको अर्जेन्टिनालाई फाइनलमा जर्मनीले हराएको थियो। सन् १९९४ पछि विजेता टिमका खेलाडीले गोल्डेन बल जित्न सकेका छैनन्।

यता केलियन एमबाप्पेले फिफा उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारे। उनले विश्वकपमा चार गोल गर्न सफल भए। फाइनलमा गोल गर्दै उनले सन् १९९५ मा पेलेले राखेको कीर्तिमान बराबरी गरे। पेले र १९ वर्षीय एमबाप्पे फाइनलमा गोल गर्ने टिनएजर खेलाडी हुन्।

यता गोल्डेन बुटको अवार्ड इंग्ल्यान्डका कप्तान ह्यारी केनले जिते। केनले विश्वकप भरी ६ गोल गरे। बेल्जियमका रोमेलु लुकाकु तथा फ्रान्सका एन्टोनी ग्रिजम्यान र एमबाप्पेले ४-४ गोल गर्न सफल भए।

बेल्जिमयका गोलकिपर थिबाउट कोउटिइस उत्कृष्ट गोलकिपर (गोल्डेन ग्लोभ्स) को अवार्ड जिते। बेल्जियमले तेस्रो स्थान हात पार्दा कोउटिइसको प्रदर्शन उच्च थियो।

स्पेनले फिफा फेयर प्लेको अवार्ड प्राप्त गर्न सफल भयो। सन् २०१० को च्याम्पियन स्पेन अन्तिम १६ बाट बाहिरिएको थियो।