फ्रान्सलाई ४ अर्ब, र ३२ वटै टिमलाई नगद पुरस्कार, कति ? - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

फ्रान्सलाई ४ अर्ब, र ३२ वटै टिमलाई नगद पुरस्कार, कति ?



काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता आइतबारबाट सकिएको छ। एक महिना रसियाका विभिन्न ११ शहरका १२ रंगशालामा चलेको प्रतियोगितामा ६४ खेल भए।

फ्रान्सले आइतबार भएको फाइनलमा क्रोएसियालाई ४-२ ले पराजित गर्दै दोस्रो पटक उपाधि जित्न सफल भयो।

विभिन्न छनोट पार गर्दै विश्वकपमा छनोट भएका सवै राष्ट्रले पुरस्कार रकम पाएका छन्।  ४३ अर्ब रुपैयाँ (४० करोड अमेरिकी डलर) पुरस्कारको रुपमा बाडिएको छ।

समूह चरणबाटै बाहिरिने १६ टिमको कुल पुरस्कार राशी १२ करोड ८० लाख डलर (१३ अर्ब  रुपैंयाँ ) रहेको छ।  जहाँ प्रत्येक टिमले ८० लाख डलर (८६ करोड ३२ लाख रुपैयाँ) पाएका छन्।

यस्तै अन्तिम १६ बाट बाहिरिने ८ टिमको कुल पुरस्कार राशी ९ करोड ६० लाख डलर (१० अर्ब ३५ करोड रुपैयाँ) रहेको छ। जहाँ प्रत्येक टिमले १ करोड २० लाख अमेरिकी डलर ( १ अर्ब २९ करोड रुपैयाँ) प्राप्त गरे।

क्वार्टरफाइनलबाट बाहिरिने ४ टिमको कुल पुरस्कार राशी ६ करोड ४० लाख (६ अर्ब ९० करोड रुपैयाँ)  छ। क्वार्टफाइनलबाट बाहिरिने एक टिमले १ करोड ६० लाख डलर (१ अर्ब ७२ करोड रुपैयाँ) पाए।

चौथो भएको इंग्ल्यान्डले २ करोड २० लाख डलर (२ अर्ब ३७ करोड रुपैयाँ) पुरस्कार पाएको छ।

तेस्रो  हुने बेल्जियमले २ करोड ४० लाख डलर ( २ अर्ब ९८ करोड रुपैयाँ) हात पार्‍यो।

दोस्रो भएको क्रोएसियाले २ करोड ८० लाख डलर ( ३ अर्ब २ करोड रुपैयाँ)  मा चित्त बुझायो।

विश्वकप विजेता फ्रान्सले ३ करोड ८० लाख डलर (४ अर्ब १० करोड रुपैयाँ) जित्न सफल भयो।

पुरस्कार राशी :-