बर्दगोरिया गाउपालिका वडा नं २ द्बारा सहारा घरमा सहयोग - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

बर्दगोरिया गाउपालिका वडा नं २ द्बारा सहारा घरमा सहयोग



पदम ओझा / बौनिया ।
कैलालीको बर्दगोरियामा रहेको सहारा घरमा बर्दगोरिया गाउपालिका वडा नं २ ले सहयोग गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि बेखु राम चौधरिले खाद्यान्न र कपडा सामाग्री सहयोग गर्नु भएको हो ।

उक्त सहयोग कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले दिन दुखी र असहायलाई सहयोग गर्नु मानबिय कार्य भएको बताउनु भयो । चौधरिले बिष्टले गर्दै आईरहेको कार्य एकदमै सरानिय र राम्रो भएको बताउनु भयो । चौधरिले यस ठाउमा आफ्नो परिवार त्यागेर मानव सेवामा लागेका बिष्टले यो गाउपालिकालाई चिनाउनमा पनि सहयोग गरेको बताउनु भयो । चौधरिका अनुसार, ‘गाउपालिकाका साथै यस सहारा घरलाई प्रदेशकै नमुना सहारा घरका रुपमा सबै मिलि अगाडी बढाउनु पर्ने बताउनु भयो ।

सहारा घरले बर्दगोरिया गाउपालिकलाई बिश्वभर चिनाउन सहयोग पुगेको बताउनु भयो । असाय असक्तहरुको जिम्मेवार राष्ट्रको भए पनि एउटा व्यक्तिले गर्नु राम्रो सुरुवात भएको बताउदै उहाले बिना डर अगाडी बढन बिस्टलाई आग्रह गर्नुभयो । यस सहारा घरमा सानो सहयोग गर्न पाउदा वडा नं २ का सदस्यहरु खुशी भएको बताउनु भयो । साथै चौधरिले आगामी दिनमा पनि वडा बाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वडा सचिब बालाराम घिमिरेले संचालन गर्नु भएको  कार्यक्रममा वडा सदस्य धन्नु डगौरा र निर्मला कठरियाको सहभगिता रहेको थियो । वडाले सहारा घरमा चामल,दाल,तेल,तरकारी,लगाएत लुगा सहयोग गरेको हो ।
धन्यवाद मन्तव्य राख्दै सहारा घरका अध्यक्ष बिस्टले वडाले सहारा घरलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो । साथै बिस्टले यो गाउपालिकाले अबका बर्षहरुमा यो सहारा घरलाई आत्मसात गरि योजनाकै रुपमा अगाडी बढाउन आग्रह गर्नुभयो । बिष्टका अनुसार अहिले सहारा घरमा ३० जना असहायहरु रहेको जानकारी दिनु भयो ।