प्रधानमन्त्रीले मन्त्रीलाई पाँचौं पटक निर्देशन दिए, काम भने 'जिरो' - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

प्रधानमन्त्रीले मन्त्रीलाई पाँचौं पटक निर्देशन दिए, काम भने ‘जिरो’



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कामलाई युद्धस्तरमा अघि बढाउन सबै मन्त्रालयलाई कडा निर्देशन दिएका छन् । यससंगै उनले मन्त्रीहरुलाई दिएको यो पाँचौं निर्देशन हो ।

यति धेरै कडा निर्देशन दिंदापनि कामको भने दिनको भाँचिएको छैन । बरु सरकार र मन्त्रीहरुप्रति जनता दिनदिनै रुष्ट बन्दै गैरहेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार पनि मन्त्रीहरुलाई कामलाई युद्धस्तरमा अघि बढाउन सचेत गराएका हुन् ।

सिंहदरबारमा जारी छलफलमा उनले समय सीमा तोकेर देश र जनताको हितमा कामलाई युद्धस्तरमा अघि बढाउन ढिलाई गर्न नहुने बताएका थिए ।

यसअघि प्रधानमन्त्री ओलीले १२ वटा विषयगत मन्त्रालयको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारे मन्त्रीहरुसँग सामूहिक छलफल गरेका थिए ।

आज १३ वटा मन्त्रालयसँग छलफल जारी रहेको र कामलाई युद्धस्तरमा अघि बढाउने गरी अघि बढन प्रधानमन्त्रीले निर्देशन दिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी ढंगले सञ्चालन गर्न मन्त्रीहरुलाई कार्यान्वयन कार्ययोजना तय गर्न निर्देशन दिएका थिए ।

सोही निर्देशन अनुसार मन्त्रीहरुले पेश गरेको कार्ययोजनामाथि शनिबार पनि छलफल जारी छ । कार्ययोजनामा बजेट र त्यसको कार्यान्वयन गर्ने मितिसहितको योजना पनि समेटिएको सरकारका प्रवक्ता बास्कोटाले बताए ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट यही साउन १ गतेदेखि कार्यान्वयनमा लैजानेछ ।