डा. गोविन्द केसीको समर्थनमा कैलालीको लम्कीमा हस्ताक्षर अभियान संकलन(फोटो फिचर) - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

डा. गोविन्द केसीको समर्थनमा कैलालीको लम्कीमा हस्ताक्षर अभियान संकलन(फोटो फिचर)



रमित पाण्डे / लम्की ।

१४ दिनदेखि जुम्लामा आमरण अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा कैलालीको लम्कीमा हस्ताक्षर अभियान संकलन गरीएको छ । लम्की दबाब समुहले आयोजना गरेको कार्यक्रममा पेसामा सहभागि,विद्यार्थी र अन्य स्थानीयहरुको सहभागीता थियो । लम्की चौराहाबाट बाट सुरु भएको प्रदर्शन मिनिमार्केट पुगेर पुन लम्की चौराहामा पुगेर कोणसभामा परिणत भएको थियो, जहाँ वक्ताहरुले डा. केसीको मागअनुसार चिकित्सा शिक्षा विधेयक ल्याउनु पर्ने बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले चिकित्सा शिक्षा विद्ययक पारीत गर सिटामोलमा हुने भ्रष्टाचारको अन्त्य गर,सधै छ हाम्रो डा. केसी लाई साथ कति दिन टिक्छ तिम्रो अधिनायक बाद लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए । कार्यक्रमको सञ्चालन कृष्ण बटालाले गर्नु भएको थियो ।