ढल निकासीमा व्यवस्थापन भए संगै स्थानीयमा खुसियाली - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

ढल निकासीमा व्यवस्थापन भए संगै स्थानीयमा खुसियाली



लिला जङ्ग शाही / लम्की ।

लम्कीचुहा नगरपालिका वडा न-८ गप्कामा रहेको राष्ट्रिय  मा वि अगाडी ढल निकास गरि चरैला नदिमा जोडिएको छ। ढल निकासीको व्यवस्था नहुदा गप्का टोल वासीका करिव ३०० घरपरिवार सास्ती भोग्दै आएका थिए। ढल निकास भए संगै टोल वासीमा खुसियाली छाएको छ।

विगत लामो समय देखि ढल निकासिको व्यवस्था भएको थिएन । ३ वटा कल्भर्ट सहित करिव ४ फिट गहिराई , ४ फिट चौडाई भएको २०० मिटर लम्बाईको पक्कि नाला तथा ढल निकासीको व्यवस्था गरिएको हो।

ढल निकासी भए संगै ३०० घरपरिवार प्रत्यक्ष लाभान्वित हुने भएका हुन । विगतका बर्षमा बर्षायाम सुरु भए संगै धेरै घरपरिवार डुवानमा पर्ने गरेका र यो बर्ष त्यो हुन नदिन वडाले समयमै संयम अपनाएर ढल निकासीको व्यवस्था गरेको उपभोक्ता समितिका सचिव रण बहादुर बिष्टले जानकारी दिए । टोल वासिका विगतका समस्यालाई मध्यनजर गर्दै आफुले वडाको बजेट विनियोजन गर्दा ढल निकासीलाई पहिले प्राथमिकता दिएर काम गरेको वडा अध्यक्ष पुर्ण बहादुर बिष्टले भनाई रहेको छ।