संसद भवन बनाउने घोषणा गफको खेति - Himal Post Himal Post
  • १० आश्विन २०८१, बिहीबार
  •      Thu Sep 26 2024
Logo

संसद भवन बनाउने घोषणा गफको खेति



काठमाडौं – सरकारले संसद् भवन बनाउने भन्दै आएपनि अहिलेसम्म त्यसको अत्तोपत्तो छैन । प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली दोस्रोपटक आएकै दिन उनले पनि २ वर्षभित्रमा आफ्नै संसद् भवन बनाउने घोषणा गगरेका थिए ।

सभामुख कृष्णबहादुर महराले पत्रकारहरुसँग कुरा गर्दै संसद् भवन बनाउने प्रक्रिया अघि बढेको बताए । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।

‘केही समस्याहरु थिए तर अब कुरा मिलिसकेको छ’ महराले भने, पुरानै ठाउँमा भवन बन्ने छ, केही समय अघि सेनाले सो ठाउंमा आफूलाई चाहिने भन्दै आएपनि भवन बनाउन सहमति दिएको छ ।’

नेपाल टेलिभिजन अगाडिको पुतली बगैंचामा भवन बनाउने सरकारको तयारी छ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷२०७६ को वजेट भाषणमा वजेट छुट्याएको संसदलाई जानकारी दिए ।

संसद् सचिवालयका प्रशासन महाशाखाका सहसचिव सुरजकुमार दुराले नयाँ बानेश्वरमा संसद् भवन भाडामा प्रयोग गरेबापत साउनबाट वार्षिक १५ करोड रुपैंया बुझाउनुपर्ने बताए ।