फाइनलपछि मोड्रिक र भारेनको एक कीर्तिमान पक्का - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

फाइनलपछि मोड्रिक र भारेनको एक कीर्तिमान पक्का



काठमाडौं– क्रोएसियाका कप्तान लुका मोड्रिक र फ्रान्सका डिफेन्डर राफायल भारेन मध्ये एक खेलाडीले २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलपछि कीर्तिमान बनाउने भएका छन्।

मोड्रिक र भारेन क्लब फुटबलका सहकर्मी हुन्। तर दुई खेलाडी आइतबार विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आपसमा भिड्दैछन्।

स्पेनिस क्लब रियल म्याड्रिकबाट खेल्ने दुई मध्ये एक खेलाडीले एकै सिजनमा विश्वकप र युरोपियन च्याम्पियन्स लिग जित्ने नवौं खेलाडी बनेर कीर्तिमान बनाउन लागेका हुन्।

गत सिजन रियलले च्याम्पियन्स लिग जित्दा मिडफिल्डमा मोड्रिक र रक्षापंक्तिमा भारेनले उत्कृष्ट खेल पस्केका थिए। जारी विश्वकपमा पनि दुवै आफ्नो देशका लागि उत्कृष्ट खेल पस्कदै फाइनल सम्मको यात्रा गरेका छन्। जारी विश्वकपमा दुवैले१–१ गोल गरेका छन्।

यसअघि एकै सिजनमा च्याम्पियन्स लिग र विश्वकप जित्ने ८ खेलाडी थिए। १९७४ मा सेप मइयर, पाउल ब्रेइनर, हान्स जर्स, फ्रान्ज बेकेन्बाउर, गर्ड मुलर, उली होइनेस (वार्यन म्युनिख र वेस्ट जर्मनी) ले विश्वकप र च्याम्पियन्स लिग जित्ने इतिहास बनाएका थिए।

यस्तै १९९८ मा क्रिस्टियन कारेमबेउ (रियल म्याड्रिड र फ्रान्स)  र २००२ मा रोबर्टो कार्लोस (रियल म्याड्रिड र ब्राजिल)  पनि एकै सिजनमा विश्वकप र च्याम्पियन्स लिगको ट्रफी उचाल्ने अवसर पाएका थिए। १६ वर्षपछि यस्तो अवसर क्रोएसियाका मोड्रिक र फ्रान्सका भारेनले पाउँदैछन्।