सन्दिप लामिछाने नेपाल फर्कंदै - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

सन्दिप लामिछाने नेपाल फर्कंदै



काठमाडाैं – क्यानडामा भएको ग्लोबल टि–२० प्रिमियर लिग क्रिकेटमा सहभागिता जनाएर नेपाली युवा स्पीनर सन्दिप लामिछाने शनिबार नेपाल फर्किंदैछन् ।

बिहान ८ः५० बजे जेट एयरवेजको विमानमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने सन्दिपका राष्ट्रिय क्रिकेट टिमका प्राविधिक विश्लेषक रमन शिवाकोटीले जानकारी दिएका छन् ।

प्रतियोगितामा कूल ८ विकेट लिएका सन्दिपको टिम मोन्ट्रिएल टाइगर्स दोस्रो चरणमा पुग्न सकेन ।

६ टिम सहभागी लिगमा मोन्ट्रिएल पाँचौं भएको थियो ।

सन्दिपले वेष्ट इण्डिज बी, भ्यानकुभर नाइट्स, एड्मोन्टन रोयल्सविरुद्ध १–१ विकेट लिएका थिए भने टोरन्टो नेशनल्सविरुद्ध २ तथा वेष्ट इण्डिज बी विरुद्धको दोस्रो खेलमा ३ विकेट लिएका थिए ।