लम्कीचुहा नगरपालीकाद्बारा कृषकहरु सम्मानित  - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

लम्कीचुहा नगरपालीकाद्बारा कृषकहरु सम्मानित 



रमित पाण्डे / लम्की,कैलाली ।
कृषक दिवशको अवसर पारेर लम्कीचुहा नगरपालीका भित्रका कृषकलाई आज एक कार्यक्रमका बिच सम्मानित गरिएको छ ।

लम्कीचुहा नगरपालीका वडा नम्बर ८ का वडा अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक पुर्ण बहादुर बिष्टको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिति  लम्की चुहा नगरपालीकाका मेयर महादेब बजगाई रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बजगाईले कृषि गर्छु भनेर आउने कृषकहरुलाई नगरपालीकाले विषेश पहल गर्ने बताउनु भयो । कृषि बिमाको व्यवस्था नगरपालीकाले गरेकाले किसानको लगानी खेर नजाने बताउनु भयो । किसानको उन्नति नभएसम्म अरु कसैको उन्नति नहुने दाबि गर्दै आउने वर्ष लम्कीचुहा नगरपालीकाका किसानका लागी कोल्ड स्टोरको व्यवस्था गर्ने बताउनु भयो ।

विशिष्ठ अतिथि लम्कीचुहा नगरपालीकाका कार्यकारी अधिकृत हिमालय बलले आधुनिक तरीकाले कृषि गरेमा अझै राम्रो गर्न सकिने बताउनु भयो । लम्कीचुहा नगरपालीकाका कृषिशाखा प्रमुख कोमल शाहीले व्यवसायीक किसानहरुलाई तालीमको खाचो औल्याउनु भयो ।

केरा खेति तर्फ किसान चुनुराम कठरीया,मत्स्य पालन तर्फ किसान छोटेलाल थापा,फलफुल खेति तर्फ भिम बहादुर चौधरी,तरकारी खेति तर्फ कञ्चन शाही,उत्कृष्ठ तरकारी खेति तर्फ पार्वति चौधरी , प्रधानमन्त्रि कृषि आधुनिक परीयोजना अतर्गत उत्कृष्ठ कृषक समुह नवजागरण कृषक समुह,मौरीपालन तर्फ मालीमा मौरी पालन फर्म लगायतका कृषक तथा कृषि समुह सम्मानित भएका छन् ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष लाल बहादुर बोगटी , वडा नम्बर ७ का वडा अध्यक्ष हरीराम चौधरी , ९ का वडा अध्यक्ष राम प्रसाद चौधरी १० का वडा अध्यक्ष हर्क कठरीया , वडा नम्बर ५ की अध्यक्ष माया बिष्ट ,लम्की चुहा नगरपालीकाका मेयर महादेब बजगाई स्वकिय सचिव बिष्णु खनाल ,कृषक सम्सेर चन्द, नित्यानन्द पौडेल लगायतकाले मन्तव्य राखेक थिए । कार्यक्रमको संञ्चालन नम्रता अधिकारीले गर्नु भएको थियो ।