छाडा पशु चौपायाका कारण बौनियामा तनाब
पदम ओझा / बौनिया ।
कैलालीको बर्दगोरिया गाउपालिका भित्रका छाडा पशु चौपायाका कारण बौनियामा तनाव भएको छ । बर्दगोरिया गाउपालिका कर्यापालिकाको बैठक बसि वडा अध्यक्षहरुको संंयोजकत्वमा यहि २६ गते जुम्लाको कन्का सुन्दरी गाउपालिका पठाउने निर्णय अनुसार २६ गते नै १५० छाडा चौपाया जुम्ला पठाएका थिए ।
कन्का सुन्दरी गाउपालिकाको एक गाई एक घर बनाउने अभियान अनुसार बर्दगोरिया गाउपालिका सङको सहकार्यमा जुम्ला पठाएको थियो । गाउपालिकाले जिल्ला समन्वय समिती कैलालीमा गाई पठाए बापत कर समेत तिरेको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्किले बताए । बौनिया बाट सत्मार्ग अभियान नेपालका अध्यक्ष शेर बहादुर कलेलले जिल्ला प्रशासन कार्यालयमा फोन गरेर गाई अबैधानिक तरिकाले पठाई रहेको भन्दा गाई फिर्ता आएका हुन । बर्दियाको बासगढी बाट हिजो र दाङ को कुसुम बाट आज गाई फिर्ता आए पछि बौनिया का किसान आक्रोशित भएका हुन ।
बर्दगोरिया गाउपालिका सङ्गको सहकार्यमा धनकुटाको छतर गाउपालिकाको वडा नं ८ मा रहेको भट्टराई गाई फमले २५ गाई पाल्ने हेतुले लग्दा दाङको कुसुम बाट आज फिर्ता आए पछि माहोल झन तनाब भएको हो ।
यतिबेला किसानका रोपाई गरेका खेतमा पसेर रोपाई नै खाने गरेका कारण किसान झन आक्रोशित भएका हुन । किसान गोकर्ण प्रसाद खतिवडाले आफुले केहि दिन अगाडी रोपेको धान सबै खाई दिदा अझ रोप्न्न पर्ने अवस्था रहेको बताए । यो समस्या खतिवडाको मात्र नभई बर्दगोरिया गाउपालिकाको नै भएको उनले बताए । यसरी किसानका खेतबारिमा पसि राती राति लगाएको अन्नबालि खाई दिदा २/४ कट्ठा हुने किसानले टाउकोमा हात राखेर रुन पर्ने अवस्था आएको हो । दिनभरी घाम घाममा रोपेर आयो रातिभए पछि सबै गाई गोरुले सखाब पार्दा तनाब भएको अर्का किसान तथा संघर्ष समितीका अध्यक्ष चक्र बिष्टले बताए ।
आज बौनिया इलाका प्रहरी कार्यालय अगाडी पीडित कृषक संघर्ष समितीले धर्ना दिएको छ । साथै समितिले छाडा चौपायालाई ब्यबस्थापन नभए सम्म कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । इलाका प्रहरी कार्यालय बौनियाका इन्चार्ज कलेन्द्र बिक्रम शाहीले माहोललाई शान्त पार्न लम्की र सुखड बाट थप प्रहरी मगाउन परेको बताए । शाहिका अनुसार अब यसलाई गाउपलिकाका अध्यक्ष ,वडा अध्यक्ष लगाएत स्थानिय सबै बसि सहमतिका आधारमा अगाडी बढ्नु पर्ने बताए ।