प्रधानमन्त्री केपी शर्मा ओलीलाई चरेसको थालमा मार्सी चामल उपहार - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चरेसको थालमा मार्सी चामल उपहार



काठमाडौं –डाक्टर गोविन्द केसीका समर्थकले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई चरेसको थालमा मार्सी चामल उपहार दिएका छन् ।

डाक्टर गाविन्द केसीका माग पूरा गराउन दबाब दिने उद्देश्यले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्दै थाल र चामल उपहार दिएका हुन् ।

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेडिकल कलेज सञ्चालकको घरमा बसेर जुम्लाको मार्सी चामलको भात खाने तर जुम्लामा एमबीबीएस पढाई नभएको र जुम्लामा अनसन बसेका डाक्टर केसीका माग पुरा नभएको भन्दै समर्थकले वालुवाटार अगाडी थाल र चामलसहित प्रदर्शन गरेका हुन् ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिले भने मार्सी चामल र थाल उपहार लिन नमानेको समर्थक प्रितम सुवेदीले जानकारी दिनुभयो । ‘यो हामीले किन लिने लिन्नौं भन्दै उहाँहरुले चरेसको थाल र चामल प्रधानमन्त्रीका प्रतिनिधिले बहिष्कार गर्नुभयो, हामी चाँही नारा लगाएर फर्कियौं ।’ सुवेदीले भन्नुभयो । प्रदर्शनमा नागरिक समाज, मानवअधिकारवादी, विद्यार्थी प्राध्यापक लगायतको सहभागिता थियो ।उज्यालोबाट