बुटवलबाट पोखरा जाँदै गरेको यात्रु बस दुर्घटना ,२० यात्रु घाइते - Himal Post Himal Post
  • ९ पुष २०८२, बुधबार
  •      Wed Dec 24 2025
Logo

बुटवलबाट पोखरा जाँदै गरेको यात्रु बस दुर्घटना ,२० यात्रु घाइते



बुटवल । बुटवलबाट पोखरा जाँदै गरेको यात्रु बस आज बिहानै पाल्पाको भालेवासकमा दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन् । बुटवलबाट पोखरा जाँदै गरेको यात्रु बस भालेबासको मोडमा सडकबाट २५ मिटर तल खोलामा खसेको हो ।

घाइते सबैलाई उपचारका लागि मेडिकल कलेज प्रवास ल्याइएको छ । घाइहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

मोडमा विपरीत दिसाको सवारीलाई साइड दिँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ चालक र सह चालक सम्पर्कमा नरहेकोले घटनाको कारण यकिन हुन नसकेको बताइएको छ  ।

बसमा २५/२६ जना यात्रु रहेको अनुमान गरिएको छ । बुटवलबाट पोखरा जाँदै गरेको ना १ ख ७२७२ नम्बरको बस बिहान सवा ६ बजे भालेवासमा दुर्घटनामा परेको हो ।