भारतीय राज्यसभामा नेपाली र मैथलीमा पनि बोल्न पाइने - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

भारतीय राज्यसभामा नेपाली र मैथलीमा पनि बोल्न पाइने



अन्नपूर्ण पोस्ट : काठमाडौं । भारतीय राज्यसभामा सदस्यहरूले नेपाली र मैथलीमा पनि बोल्न पाउने भएका छन् । राज्यसभाका सभापति एम. वेंकैया नायड्ले मंगलवार उक्त जानकारी दिएका हुन् ।

संसद्को आगामी मनसून सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौं सूचीमा समावेश सबै भाषामा बोल्न पाइने नायड्ले जानकारी दिएका छन्।
आठौं सूचीमा समावेश २२ भाषामध्ये कुनै पनि भाषामा बोल्न पाइने उनले स्पष्ट पारेका छन् । राज्यसभा सचिवालयले डोगरी, कश्मीरी, कोङ्कणी, सन्थाली र सिन्धीका लागि पनि अनुवादको व्यवस्था गरिएको जानकारी दिए ।

नायड्ले मंगलवार औपचारिक रूपमा यी भाषाका अनुवादकलाई राज्यसभाको अनुवादक टोलीमा सामेल पनि गरे । २२ भाषामध्ये राज्यसभामा असम, बंगाली, गुजराती, हिन्दी, कन्नड, मलयालम, मराठी, उडिया, पञ्जाबी, तमिल, तेलगु र उर्दू, ११ भाषामा यसअघि नै यो व्यवस्था मिलाइएको थियो । बोडो, मैथली, मणीपुरी, मराठी र नेपाली भाषाको निम्ति अनुवादकको व्यवस्था भइरहेको उनले जानकारी दिए ।