इन्टरनेट सेवा प्रदायक कम्पनी ग्राहक ठग्दै - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

इन्टरनेट सेवा प्रदायक कम्पनी ग्राहक ठग्दै



काठमाडौं। सञ्चालनमा रहेका इन्टरनेट सेवा प्रदायकले कानूनमा स्पष्ट उल्लेख गरिएको व्यवस्था विपरित सेवाग्राहिबाट अतिरिक्त शुल्क असुल गर्ने गरेको पाइएको छ । सेवा प्रदायकले इन्टरनेट सेवा उपलब्ध गराउँदा सेवाग्राहिसँग विभिन्न शीर्षकमा शुल्क लिने गरेका हुन् ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सेवा प्रदायकले सेवा शुल्क, नियमन तथा प्राविधिक शुल्क, बार्षिक मर्मत, नेटवर्किङ तथा सहायता शुलक तथा सहायता सेवा शुल्कजस्ता नाममा इन्टरनेट सेवाग्राहीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएको हो ।

दूरसञ्चार नियमावली २०५४ मा भएको व्यवस्था अनुसार सेवा प्रदायकले निले यस्ता अतिरिक्त शुल्क नियमविपरित हो । नियमावलीको नियम १५ ज मा ग्राहलाई उपलब्ध गराईको दूरसञ्चार सेवा कुनै कारणले बिग्रेमा प्राधिकरणले तोकिदिएको स्तर अनुरुप निःशुल्क मर्मत सम्भार गर्नुपर्ने व्यवस्था छ ।

प्राधिकरणले कानूनको यसै व्यवस्था अनुसार सेवाग्राहीसँग सेवाप्रदायकले लिने गरेको शुल्क रोक्न निर्देशन दिएको छ । आजको गोरखापत्र दैनिकबाट ।