यी हुन मदन पुरस्कारका लागि छनोट भएका आठ पुस्तक - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

यी हुन मदन पुरस्कारका लागि छनोट भएका आठ पुस्तक



काठमाडौं : मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ पुस्तक छनोट गरेको छ। गुठीका अध्यक्ष कुन्द दीक्षितले सोमबार विज्ञप्तिमार्फत पुरस्कारका लागि पुस्तक छनोट गर्न गठित समितिको सिफारिसमा आठ पुस्तकको नाम छनोट गरिएको जानकारी दिएका हुन्।

समितिले आफूलाई प्राप्त दुई सय ५३ पुस्तकमध्ये आठ पुस्तक छनोट गरेको हो । गुठीले गत वर्षदेखि छनोटमा परेका पुस्तकको सूची दिन थालेको छ।

छनोटमा परेका पुस्तकमा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइयाँ’, नयनराज पाण्डेको ‘यार’, नीलम कार्की ‘निहारिका’ को ‘योगमाया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’ र मोहन वैद्य ‘किरण’ को ‘हिमाली दर्शन’ छन् ।

आठमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ घोषणा गरी २०७४ सालको मदन पुरस्कार प्रदान गरिने छ । रासस