क्यानडामा सन्दीपको टिम बाहिरियो, अब सन्दीपको के हुन्छ ? - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

क्यानडामा सन्दीपको टिम बाहिरियो, अब सन्दीपको के हुन्छ ?



नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम मोन्ट्रियल टाइगर्स क्यानडामा जारी ग्लोबल टी–२० प्रिमियर लिगबाट बाहिरिएको छ । तर सन्दीपले अन्तिम खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेट लिए ।

टोरन्टो नेसनलसँग टस हारेर ब्याटिङको निम्तो पाएको मोन्ट्रियलले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ७६ रन बनाएको थियो । उसका लागि जर्ज वोर्केरले ६२ तथा हेनरिकले ५० रन बनाए ।

जवाफमा टोरन्टोले २० ओभरमा नौ विकेट गुमाउदा रोमाञ्चक एक विकेटको जित निकाल्यो । उसको जितमा नितेश कुमराले ४६ तथा एन्टोन डेभिचले ४३ रन बनाए । यस्तै कायरन पोलार्डले पनि ३७ रनको योगदान गरे ।

बलिङतर्फ सन्दिपले दुई विकेट हात पारे । उनले चार ओभरमा ३४ रन खर्चिदै दुई विकेट लिएका हुन् ।

मोन्ट्रियल टाइगर्सले पाँच खेलमध्ये एक खेलमा मात्रै जित हात पार्योे । मोन्ट्रियल टाइगर्समा ४० हजार डलरमा आवद्ध भएका सन्दीपले क्यानडामा पनि आफ्नो उत्कृष्ट बलिङ देखाएका छन् । पहिलो खेल प्राविधिक कारण नखेलेका सन्दीपले बाँकी चार खेलमा भने उत्कृष्ट प्रदर्शन गरे ।

वेष्ट इन्डिज बीसँगको खेलमा खराब प्रदर्शन गरे पनि सन्दीपले बाँकी तीन खेलमा भने उत्कृष्ट पुनरागमन गरे । वेष्ट इन्डिज बीसँगको खेलमा उनले ४ ओभर बलिङ गर्दै ५७ रन खर्चिएर एक विकेट लिएका थिए ।

त्यस्तै भ्यानकुभर नाइट्सविरुद्ध चार ओभरमा एक ओभर विकेट मेडन राख्दै १९ रन दिएका थिए । एडमन्टन रोयल्सविरुद्धकोे खेलमा चार ओभर बलिङ गर्दै १६ रन दिएर एक विकेट लिए ।