धर्म प्रचार गरेको आरोपमा दुई फिलिपिनी देश निकाला - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

धर्म प्रचार गरेको आरोपमा दुई फिलिपिनी देश निकाला



काठमाडौं । गृह मन्त्रालयले व्यावासायिक प्रवेशाज्ञा (बिजनेस भिसा)को आडमा चर्च चलाएर धर्म प्रचारमा संलग्न फिलिपिनी दम्पतीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन (डिपोर्ट) गरेको छ।

व्यावसायिक भिसा लिएका केही विदेशी चर्च चलाएर धर्म प्रचारमा संलग्न भएको उजुरी आएपछि गृह मन्त्रालयले अध्यागमनलाई छानबिन गर्न निर्देशन दिएको थियो।

निष्काशित हुनेमा फिलिपिनी नागरिक दे भेरा रिर्चड र इन्डोनेसियाकी रिता गोङ्गा रहेको छ। इसाइ धर्म प्रचारमा संलग्न भएका आरोपमा कुनै विदेशीलाई गृह मन्त्रालयले निष्काशन गरेको यो सम्भवतः पहिलो घटना हो।