के प्रधानमन्त्री ओली दम्भले भरिएकै हुन् ? - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

के प्रधानमन्त्री ओली दम्भले भरिएकै हुन् ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई दम्भको श्रीपेच पहिरिएको टिप्पणी गरेको छ । जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई राजनीतिमा आउन चुनौती दिएपछि प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री ओलीको शिरमा दुई तिहाई दम्भको श्रीपेच रहेको टिप्पणी गरेको हो ।

‘‘एउटा समय थियो– श्रीपेच फुकालेर मैदानमा आउन राजालाई सडकबाट लल्कार्नु भयो मदन भण्डारीले । अर्को समय आयो– सत्तामा रहेका प्रधानमन्त्रीले सडक अनशनमा बसेकालाई राजनीतिमा आउन चुनौती दिनुभयो । के टल्किएको हो दुई तिहाईको शिरमाथी त्यो ? दम्भको श्रीपेच ?’’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार अपरान्ह ट्विटरमा लेखेका छन् ।

शनिबार बालुवाटार पुगेको ने क पाका सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सबै प्रदेशमा मेडिकल कलेज खोल्ने सरकारको सोच रहेको भन्दै एउटा व्यक्तिले भन्दैमा काठमाडौंमा मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने स्पष्ट पारेका थिए । चिकित्सा शिक्षा अध्यादेशको मर्म र भावना लत्याएर प्रतिस्थापन विधेयक ल्याइएको भन्दै केसीले असार १६ गतेबाट जुम्लामा अनशन शुरु गरेका छन् ।