नेकपाका प्रदेश र जिल्ला किमिटीको फरक आकार - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

नेकपाका प्रदेश र जिल्ला किमिटीको फरक आकार



नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश र जिल्ला कमिटीमा सदस्या संख्या बढाउने तयारी गरेको छ।

स्थायी समितिमा प्रदेश र जिल्ला कमिटीको प्रस्तावित सदस्य संख्या बढाउन नेताहरुले राखेको सुझावअनुसार नेकपाले संख्या बढाउने तयारी गरेको हो।

बिहीबार बसेको स्थायी समितिमा प्रदेश कमिटीको आकार न्यूनतम दुई सयदेखि २२५ सम्म पुर्‍याउनुपर्ने नेताहरुले सुझाव दिएका छन्। त्यस्तै, जिल्ला कमिटीको आकार न्यूनतम १५० सदस्यीय पुर्‍याउनुपर्ने सुझाव आएको छ ।

आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो खबर छापिएको छ, पार्टीको प्रस्तावित विधानमा प्रदेश कमिटीमा न्यूनतम १७५ र जिल्ला कमिटीमा १२५ सस्यीय बनाउने प्रस्ताव छ।