विमानस्थल निर्माणको पहिलो चरणमा ८ लाख रुख काटिने - Himal Post Himal Post
  • १० आश्विन २०८१, बिहीबार
  •      Thu Sep 26 2024
Logo

विमानस्थल निर्माणको पहिलो चरणमा ८ लाख रुख काटिने



बारा । बाराको निजगढमा प्रस्तावित राष्ट्रिय गौरवको आयोजना दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवस्यक पर्ने रुख कटानको जिम्मा वन मन्त्रालयलाई दिइने भएको खबर आजको कारोबार दैनिकमा छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन गत मन्त्रालयले मंगलबार वन मन्त्रालयलाई पत्र लेख्दै आवश्यक रुख कटान आदेशको प्रस्ताव मन्त्रिपरिषद् लैजान आग्रह गरेसँगै रुख कटानको बाटो खुलेको हो ।

समाचारका अनुसार केही दिनभित्रै वन मन्त्रालयले मन्त्रिपरिषद्मा रुख कटान आदेशको प्रस्ताव लैजाने तयारी गरेको छ । रुख कटान वन मन्त्रालयले गरेपछि आसपास सडक र रुखको सुरक्षा भने नेपाली सेनाले लिने छन् । विमानस्थलको वातावरणीय प्रभाव मुल्यांकन ईआइए प्रतिवेदन गत महिना वन मन्त्रालयले स्वीकृत गरेको थियो ।

दक्षिण एसियाकै हव विमानस्थलको रूपमा हेरिएको निजगढमा निर्माण गरिने विमानस्थलको ईआइए प्रतिवेदन स्वीकृत भएसँगै निर्माणको बाटो खुलेको थियो । तेस्रो चरणसम्म निर्माण गरिने उक्त विमानस्थलमा ६ लाख ठूला र १८ लाख साना रुख कटान गर्नुपर्ने प्रतिवदेनमा उल्लेख गरिएको छ । तर पहिलो चरण निर्माणको लागि भने १ लाख ९४ हजार ठूला रुख र ५ लाख ७५ हजार साना गरी ७ लाख ६९ हजार रुख कटानमात्र गर्नुपर्ने गरी पर्यटन मन्त्रालयले वन मन्त्रालयलाई प्रस्ताव पठाएको छ । पहिलो चरणमा एकल धावन मार्ग र टर्मिनल भवन निर्माण हुनेछ भने दोस्रो चरणमा डवल धावन मार्ग तयार हुनेछ ।फाइल तस्बिर :