मेस्सीको नक्कल गर्दा भारतीय फुटबलरकाे मृत्यु - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

मेस्सीको नक्कल गर्दा भारतीय फुटबलरकाे मृत्यु



अर्जेन्टिनी फुटबलर लियोनेल मेसीको शैली नक्कल गर्दा भारतका एक फुटबलर सागर दासको निधन भएको छ।

जुनबेला घटना भयो त्यतिबेला २० वर्षीय सागर स्थानीय फुटबल खेलिरहेका थिए। सागर मेसीका बडा फ्यान्स थिए । उनी मेसीलाई आदर्श मान्थे । उनी मेसी जस्तै बन्ने चाहना थियो तर अफशोच उनको सपना पुरा हुन सकेन। यो खबर आजको समाचार पत्र दैनिकले छापेको छ।

भारतीय संचार माध्यमले जनाएअनुसार मेसीले नाइजेरियाविरुद्ध गोल गरेको शैली सागरले अपनाएका थिए । मेसीले जसरी बल छातीमा लिएर विश्वकपमा पहिलो गोल गरेका थिए ।

त्यही अनुसार उनले पनि त्यही भुभलाई कोसिस गर्दा सन्तुलित भएन र फुटबल उनको छातीमा लाग्यो। उनी त्यही बेहोस भयो। अस्पतालमा छिटै लगे पनि उनको श्वास समाप्त भइसकेको थियो।