निषेधित क्षेत्र घोषणाबिरुद्ध सरकारलाई सर्वोच्चको आदेश - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

निषेधित क्षेत्र घोषणाबिरुद्ध सरकारलाई सर्वोच्चको आदेश



काठमाडौं-सर्वोच्च अदालतले माइतीघर मण्डला लगायत उपत्यकाका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन आदेश जारी गरेको छ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अन्तरकालिन आदेश जारी गर्दै असार २९ गते सरकार र रिट निवेदकलाई छलफलका लागि बोलाएको छ।

सर्वोच्चले माइतीघर मण्डलामा विरोध प्रर्दशनमा उत्रिएका मानिसहरुलाई धरपकड नगर्ने पनि सरकारलाई आदेश दिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अभिव्यक्ति स्वतन्त्रता संविधान दिएको मौलिक हक विपरित सरकारले निषेधित क्षेत्र तोकेको भन्दै सरकारको उक्त निर्णय खारेज हुनु पर्ने माग गर्दै बिहीबार सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।