रोनाल्डोले ५ लाख पाउण्ड तलब पाउने - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

रोनाल्डोले ५ लाख पाउण्ड तलब पाउने



इटालियन क्लब यूभेन्ट्स पूर्व प्रमुख कार्यकारी अधिकृत(सिइओ) लुकियानो मोग्गीले क्रिस्टियानो रोनाल्डोले क्लबसँग सम्झौता गरिसकेको दाबी गरेका छन्।

रियल मड्रिडका सुपरस्टार रोनाल्डो ८८ मिलियन पाउन्डमा यूभेन्ट्स आउन लागेको उनको दाबी छ। उनले रोनाल्डोको स्वस्थ परिक्षण समेत भइसकेको प्रतिक्रिया दिएका छन्।

यसैहप्ता यूभेन्ट्सले रोनाल्डोलाई भित्र्याउने रकम जिटाउन गोन्जालो हिगुईन र पाउल डिबालालाई बेच्न लागेको खबर सार्वजनिक भएको थियो।

खबरहरुका अनुसार रोनाल्डोले युभेन्ट्समा हप्ताको ५ लाख पाउण्ड तलब पाउने सम्झौता भएको छ। रियलमा ९ वर्ष विताएपछि रोनाल्डो क्लब छाड्न लागेका हुन्।

३३ वर्षिय रोनाल्डोले आफू ४१ वर्ष नलागुञ्जेल खेल्ने जनाइसकेका छन्। त्यसो हुँदा उनी थप ८ सिजन खेल्नेछन्।

रियल मड्रिडमा नयाँ सम्झौताका लागि ८ महिना कुरेपनि क्लबका अध्यक्ष फ्लोरिन्टनो पेरेजसँग असहमती भएपछि रोनाल्डो क्लब छाड्ने मनसायमा पुगेका थिए।