शाहरुख र काजाेल पुनः एकसाथ पर्दामा देखिने - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

शाहरुख र काजाेल पुनः एकसाथ पर्दामा देखिने



एजेन्सी– शाहरुख खान र अभिनेत्री काजाेल मुखर्जी बलिउडका चर्चित कलाकारभित्र पर्छन्।

‘कुछ कुछ होता है’, ‘कभी खुसी कभी गम’, ‘माइ नेम इज खान’जस्ता फिल्ममा एकसाथ काम गरेका शाहरुख र काजाेल पुनः एकसाथ पर्दामा देखिने भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार करण जोहरको आगामी फिल्ममा शाहरुख र काजाेल एकसाथ देखिन लागेका हुन्।

करण जोहर आफ्नो आगामी फिल्मको स्क्रिप्टको काममा व्यस्त छन्। उनले फिल्मका लागि शाहरुख र काजाेलसँग कुराकानी गरेको बताइएको छ। यो जोडीको सुपरहिट फ्लिम ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ २० वर्ष पुगेको अवसरमा सन् २०१५ मा बनेको ‘दिलवाले’ मा शाहरुख र काजोलले अभिनय गरेका थिए। ‘दिलवाले’मा एकसाथ देखिएको यो जोडीलाई दर्शकले पुनः देख्न पाउनेछन् या छैनन् त्यो भने निश्चित भइसकेको छैन।

पछिल्लो समय शाहरुख खान आफ्नो फिल्म ‘जिरो’को निमार्णमा व्यस्त छन् भने केही समयअघि सम्म हलिउड फिल्म इन्क्रेडिवल्स-२ मा काजोल आफ्नो स्वरमा डविङ दिन व्यस्त थिइन्।