समुद्र जोड्ने नेपालको सम्भावित बाटो कुन ? - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

समुद्र जोड्ने नेपालको सम्भावित बाटो कुन ?



काठमाडौं – आजकोनयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

कर्णाली नदीबाट भारत–उत्तरप्रदेशको बलिया, गण्डकी नदीबाट बिहारको पटना र कोसी नदीबाट बंगालको कारागोला तथा भागलपुर जोड्न सकिने सम्भाव्यता अध्ययनपूर्वको अनुमान छ ।

कारागोलाबाट कोलकाता र हल्दियासम्म पुग्न सकिने अनुमान छ । यसका लागि अध्ययन गर्न ऊर्जा मन्त्रालयले कार्यदल गठन मात्र गरेको छ ।

यसले कहिले काम गर्छ र के सुझाब दिन्छ, लगानी कति लाग्छ र जहाजले के बोक्छ भन्ने जानकारी नपाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुसमा पानीजहाज चल्ने घोषणा गरेका छन् ।