सलमान खानकी पहिलो प्रेमिका ट्वाइलेटमा भेटिएकी थिइन् - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

सलमान खानकी पहिलो प्रेमिका ट्वाइलेटमा भेटिएकी थिइन्



एजेन्सी- सलमान खानको प्रेम सम्बन्धलाई लिएर धेरै खालका चर्चा हुने गरेका छन्। बलिउड रेसका यी अथक अभिनेतालाई मन पराउने युवतीको संख्या पनि अधिक छ। उनी धेरै जनासँग प्रेममा परे तर त्यो प्रेमले विवाहसम्मको गन्तव्य पूरा गरिसकेको छैन।

सलमानको पहिलो प्रेम स्कुल पढ्दा भएको थियो। विडम्बना, सलमानले मन पराएकी युवती उनलाई दाइ मान्थिन्।

सलमान ग्वालियरमा पढ्थे। पढाइबाट दिक्क बनेका उनले साथीहरुसँग देहरादून जाने प्लान बनाए। त्यहाँ उनले निकै जलपीरा पिए, तब ट्वाइलेट जानुपर्ने भयो। त्यही समय ट्वाइलेटबाहिर एक युवती भेटिइन् र ट्वाइलेट देखाइदिइन्।

सलमान उनीप्रति तत्काल फिदा भइहाले।

देहरादूनको यात्राबाट उनी ग्वालियर त फर्किए तर मनमा ती युवती बसिइरहिन्। उनी यति मोहित भए कि चिठी लेख्न थाले। युवतीले पनि सलमानलाई चिठीको जवाफ फर्काउन थालिन्। करिब एक वर्षसम्म उनीहरुबीच निरन्तर सम्पर्क भइरह्यो।

युवतीले आफूलाई दाइजस्तो मान्ने गरेको सलमानले एक वर्षपछि मात्रै महसुस गरे। तब उनी सम्बन्धबाट तत्काल अलग्गिए।