मुख्यमन्त्रीको घोषणा: बाढी पिडित परिवारलाई जनही ५० हजार - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

मुख्यमन्त्रीको घोषणा: बाढी पिडित परिवारलाई जनही ५० हजार



प्रदेश २ को सरकारले बाढीका कारण मृत्यु भएका मृतकका परिवारलाई जनही ५० हजार रुपैयांँ दिने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले बुधबार पत्रकारसँगको भेटघाटका क्रममा यस्तो घोषणा गरेका हुन् ।

बाढीका कारण हालसम्म मृत्यु भएका र आगामी दिनमा पनि कसैको मृत्यु भएमा राहतस्वस्प प्रदेश सरकारले सो रकम उपलब्ध गराउने मुख्यमन्त्री रावतले जानकारी दिए ।

प्रदेशभित्रको क्षतिको विवरण संकलन गरेर राहत कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार लागेको रावतले बताए । केही दिनेदेखिको अविरल वर्षाका कारण आएको बाढीले हालसम्म प्रदेश २ मा तीन जनाको मृतयु भइसकेको छ ।