रवि लामिछानेलाई कारवाही गर्न माग - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

रवि लामिछानेलाई कारवाही गर्न माग



प्रेस काउन्सिल नेपाललाई विवादमा ल्याउने, धरापमा पार्न खोज्ने कार्य निन्दनीय भएको सञ्चारविज्ञले बताएका छन् ।

नेपाल पत्रकार महासंघद्वारा सोमबार आयोजित ‘राजधानीमा पत्रकार आचारसंहिताको अवस्था’ विषयमा अन्तक्र्रियामा नेपाल टेलिभिजनका अध्यक्ष तथा पत्रकार महासंघका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले काउन्सिललाई विवादमा ल्याउने, धरापमा पार्न खोज्ने कार्यको निन्दागर्दै विषयलाई निरुपण गर्ने नभए अदालतमा जानुपर्ने सुझाव दिए ।

महासंघका पूर्व अध्यक्ष डा सुरेश आचार्यले पछिल्लो पटक रवि लामिछाने प्रकरणलाई काउन्सिलको मर्यादामाथि प्रहार र कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठमाथि गरिएको प्रहारको रुपमा लिनुपर्नेमा जोड दिए ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले आफू अध्यक्ष रहेको अवस्थामा विभिन्न समयमा रवि लामिछानेविरुद्ध उजुरी आउने गरेको प्रष्ट पारे। नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारलाई कतिपय जिम्मेवार पत्रकारबाट नै सामाजिक सञ्जालमा गैरजिम्मेवार धारणा आएको भन्दै सोचेर मात्र धारणा राख्न आग्रह गरे ।

प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले काउन्सिलका कार्यवाहक अध्यक्ष माथिको हमलाले काउन्सिलको छविमा प्रहार भएको भन्दै सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने धारणा राखे ।